- सुरेश कुमार पाण्डे
" बाबु ! यता सुन त !
" केभयो आमा ?
"-तिमि त्यहाँ गएपछि केहिपनि नखानु है ! "- शान्ती आफ्नो छोरा फुर्शेलाई सम्झाउँदै भनिन्।
" हस् आमा म केहिपनि खांदैन ।"-फुर्शेले शान्तिलाई आसवासन् दिन्छ। फुर्शे अलि जिज्ञासु स्वभावको बालख हो।उसलाई आमाको कुराले खुल्दुली हुन्छ। "आमा किन यस्तो भन्नुभयो हजुरले ?"-उसले आमा सँग प्रश्न राख्यो। " छोरा कीन आर्काको घरमा खाने अलिछिट्टै हिंडे भातावेला आफ्नै घरमा पुग्न सकिन्छ । "-शान्तिले कुरा अन्तै घुमाइन्।
" आमाले केही कुरा लुकाउँदै हुनुहुन्छ "- फुर्शेले मनमनै भन्यो।
" आमा एउटा कुरा बुझ्न सकिन मैले ?"-फुर्शेले भन्यो।
" के पचेन तँलाई ?"- शान्तिले सोधिन्।
" अरू कतै जाँदा हजुरले त्यसो भन्नुहुँदैन तर दाईको ससुराल जाँदा भने सधै केही नखाए भनेर अह्राउँनूहुन्छ। किनहोला ?"- फुर्शेले आफुलाई लागेको कुरा सोध्यो।
बाह्र वर्षको फुर्शे चित्त नबुझेको कुरा गर्न हिचकिचाउँदैनथ्यो।
" त्यस्तो केहिपनी होइन बाबु' जति भन्यो उत्ती बुझ केही नखाए भनेपछि आमाले भनेको मान्नुपर्छ नी !"-आमा शान्तिले फेरी चेताइन।
" हजुरले असली कुरा नभन्ने हो भने खाएरै आउँछु !"- फुर्शेले आमालाई वार्गेनिङ गर्यो।
" तँलाई थाहाछैन त्यो बोक्सिनी छ भन्ने ?"- शान्तिले हकार्दै सोधिन्।
" बल्ल नभाको मूल फुट्यो ।"-फुर्शे खिसिक्क हाँस्दै भन्यो।
घोराही-१८,दाङ