सुनसरी, माघ २४
सुनसरीको धरान उपमहानगरपालिका-२२ स्थित देउराली बस्ने रितेस लिम्बुको भन्साकोठामा आइतबार आगलागी भएको छ।
राती १० बजे भान्सकोठामा राखिएको ग्यास अचानक पड्किएर आगालगी भएको हो।
आगलागीबाट उनको टिनको छानो भएको दुई तले भान्साकोठा, फर्निचर तथा सम्पूर्ण सामान समेत जल्दा अन्दाजी २ लाख बाबरको क्षति भएको बताइएको छ। आगालगी दमकल, प्रहरी र स्थानियबासीहरुको सहयोगमा १ घण्टा पछी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।