दिनभरी कागज र रङको जीवन चित्र उतार्ने लक्ष्मी

<span class='c1'>दिनभरी कागज र रङको</span> <span class='c2'>जीवन चित्र उतार्ने लक्ष्मी</span>

इन्दु साह
विराटनगर । दिनभरी कागज र रङ्गसंग खेलेर बस्छिन् उनी । उनको उमेर साना बालबालिका झैं पनि छैन। तर उनले जीवन चित्र बनाएर बिताईरहेकी छिन् । बसपार्क दक्षिण कोशी राजमार्गको पूर्वतर्फ झाप वा मौर बनाएर बस्ने लक्ष्मी मालीका दिन यसरी नै गुज्रने गरेको हो ।

‘म मालि हुँ है, मालिक होईन’ लक्ष्मीले आफ्नो परिचय दिँदा ठट्यौली गर्दै भनिन्–मैले दिनभरी चित्र बनाएर बस्छु, यसैले जीवन धानिरहेको छु । उनका यी चाखलाग्दा कुरासंगै आफ्नो काम एकनासले बढिरहेकै हुन्थ्यो । अर्थात् कागज र रङ्गको संयोजनबाट कलाकृत झापले स्वरुप लिईरहन्थ्यो । ६८ वर्षीया मालीको काम भनेको झाप बनाउने र बिक्री गरेर आएको रकमले दैनिकी चलाउने हो । उनको यो पेसा १४ वर्षको उमेरबाट सुरु भएको हो ।

उनको यो पेसा पुर्खौली पनि हो । आफ्‌ना अभिभावकबाट सीकेको सीपलाई उनले पेसा बनाएकी हुन् । बाँस, सन्ठि, कागज, रङगिन प्लाष्टिक र गम उनको औजार हुने गरेको छ । उनले झाप, मौर्र लगायत विभिन्न आकर्षक सामाग्री तयार गर्छिन् । उनले तयार पारेको यो सामाग्री २ सय देखि ५ सय सम्ममा विक्री गर्ने गरेकी छिन् । यो रंगीन कलाकृति देवतामा अर्पण गर्नु आराधना वा उपासनाको एक अद्वितीय विधी हो । उनले बनाएको केहि सामाग्री भगवनलाई अथवा मन्दिरमा चढाईन्छ भने केहि तराईका मधेसी समुदायको विवाहामा प्रयोग गर्ने चलन पनि छ ।

उनले मौर पनि बेच्ने गरेकी छिन् । मौर विवाहमा दुलहाले शिरमा टोपिको रुपमा लगाई विधि पुरा गर्दछन् । यस्तै झापमा विभिन्न देविदेवताको चित्र देखिन्छन् । शिरमा त्रिभुज आकार भएको झापको चार भागमा विविन्न प्रकारका आकर्षक र अनौठो चित्र कोरिएको हुन्छ । तराईमा झाप मन्दिरका साथै घरको कुलदेवतालाई चढाउने गर्दछन्। मनोकामना पुरा हुँदा समेत मानिसले मन्दिरमा चढाउछन् ।

यो विषेश गरी सिरूवामा, दशैंको पुजा घरमा, कृष्णाष्टमीमा, घडी पर्वमा भाकलको रूपमा झाप चढाईन्छ । कतिपयले नियमित रुपमा पनि चढाउने गर्दछन् । अहिलेको समय झाप विक्री हुने मानिन्छ । हात्ति, घोडाका चित्र त सहजै चिनिन्छन् तर देविदेवताको चित्र भने अनौठो प्रकारका हुन्छन् । दैनिकको व्यापारले उनको घर चलाउन पुगेपनि आफ्‌नो खर्च भने यसैबाट जुटाउने गरेको उनले बताईन् । यो कलात्मक व्यवसाय भने मिथिलाका मालि समुदायले गर्ने गर्दछन् ।

यो उनीहरुको परापुर्वकालदेखि गरीआएको पेसा हो । साथै मालि समुदायका यस्ता पेसा गरी आएकालाई चित्रकार भन्दा फरक नपर्ला । उनीहरुले झाप बनाउदा चारै कुना र बाँकी भागमा बडो निष्ठाका साथ देवीदेवता, जनावर, चराचुरूंगी, प्रकृतिजन्य आकृतिहरु तथा मिथिला कलाका प्रतिक चिन्हबाट हातबाट रंगाएका छन् । पहिलेको समय जस्तो अहिले यस्ता सामाग्रीको माग नभएको मालिको भनाई छ ।उनले दैनिक ३ देखि चार वटा मात्र बिक्री हुने बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्