गायिका एलिना चौहानको आग्रह : निजी जीवन बारे धेरै चर्चा नगरिदिनुहोस्

<span class='c1'>गायिका एलिना चौहानको आग्रह : निजी</span> <span class='c2'>जीवन बारे धेरै चर्चा नगरिदिनुहोस्</span>

विराटनगर । गायिका एलिना चौहानले आफ्नो निजी जीवन बारे धेरै चर्चा नगरिदिन आग्रह गरेकी छिन् ।

गायिका चौहानले शनिबार सामाजिक संजाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफूले नै आफ्नो जीवन बिगारेको स्वीकार गरेकी हुन् ।

आफू प्रेम सम्बन्धमा रहदा मनमुटाव हुने गरेपनि बिबाहपछी नहुने र सबै कुरा मिल्ने आशामा सम्बन्धमा गासिएको उल्लेख गरेकी छिन् । बिबाह कसैले पनि सम्बन्धविच्छेद गर्नका लागि गरेको हुँदैन भन्दै पछि झन ठूलो समस्या आउने देखेर सल्लाहमै सम्बन्धविच्छेद गर्न लागेको प्रष्ट पारिन् ।

अष्ट्रेलिया बस्ने बागलुङका विष्णु सापकोटासँग गत वैशाख ५ मा धुमधामसँग बिहे गरेकी एलिनाले शुक्रबार जिल्ला अदालत काठमाडौंमा मानाचामल दाबी नगरी सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन् । निकै भावुक अवस्थामा देखिएकी एलिनाले श्रीमान् विष्णु सापकोटालाई नराम्रो र गाली नगर्न आग्रह गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्