धनुषामा धर्मगुरु रामपालीका पाँच लाख अनुयायी भेला हुने, यस्तो छ तयारी

<span class='c1'>धनुषामा धर्मगुरु रामपालीका पाँच लाख अनुयायी</span> <span class='c2'>भेला हुने, यस्तो छ तयारी</span>

आकांक्षा धामी / नेपाल न्यूज बैंक
काठमाडौं । धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीमा भारतका प्रख्यात धर्मगुरु बाबा रामपालजीको सतलोक आश्रम छ । हिन्दु, बौद्ध, इसाई र इस्लाम सबै धर्मले कविरलाई भगवान मानेको र आफू तिनै कविरको अवतार भएको बताउने रामपालमा नेपालमा हजारौं अनुयायी छन् ।

तिनै अनुयायीहरुको अगुवाइमा धनुषामा विशाल भण्डाराको तयारी भइरहेको छ । पूर्णब्रह्म कबीर उपासक समाजको आयोजनामा यही माघ २४ गतेदेखि २६ गतेसम्म हुने भण्डारामा उक्त अवसरमा सन्त गरिबदासजी महाराजका अमरवाणीको पाठ, दाइजोमुक्त विवाह, रक्तदान शिविर, निःशुल्क मन्त्र दीक्षा एवं आध्यात्मिक प्रदर्शनीलगायतका सामाजिक कार्यक्रमहरू आयोजना गरिने रामपालजीका अनुयायी ओमराज ढकालले जानकारी दिए ।

‘कार्यक्रमको मुख्य उद्देश्य सद्भक्ति प्रदान गरी विश्वलाई मोक्ष प्रदान गर्नुका साथै जीव हिंसा, समाजमा भ्रष्टाचार, छुवाछुत र भेदभावको अन्त्य गर्नुका साथै समाजमा व्याप्त दाइजो प्रथाको अन्त्य गर्नु हो । साथै युवा पुस्तामा अध्यात्मिक ज्ञान बढाउनका लागि कार्यक्रम आयोजना गरिएको हो,’ ढकालले भने ।
कार्यक्रमको संयोजन गरिरहेका कुमार दासका अनुसार फरक फरक दुई वटा कार्यक्रम माघ २४,२५ र २६ गते कबिर साहेबको निर्वाण दिवस र त्यसपछि फागुनको ३,४ र ५ गते जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजको बोध दिवसका अवसरमा कार्यक्रम हुन लागेको हो ।

‘पूर्णब्रम्ह कबीर बाचक समाज र नेपालमा रहेका समस्त भक्तजनहरुको सहयोगमा कार्यक्रम हुँदैछ । कार्यक्रमको मुख्य उद्देश्य भनेको सरकारले गर्न नसकेका, बिज्ञानले गर्न नसकेको कामहरुलाई अध्यात्मिक माध्यमबाट सम्पन्न हुन सक्छ भन्ने हो । यि कुरा प्रमाणित भइपनि सकेको छ । गुरुजीको ज्ञानबाट जनमानसमा चेतना ल्याउने प्रयास हो,’ उनले भने,‘युवा पुस्तालाई अध्यात्मतिर जोड्न पनि कार्यक्रम महत्वपूर्ण छ ।
बिज्ञान र अध्यात्मलाई एकअर्कासँग जोड्नु आवश्यक ठानेका छौं । संसारमा सबै प्रकारका स्कुल कलेजहरु छन् तर यर्थात अध्यात्मिक कार्यक्रमहरु सञ्चालन गर्ने बिद्यालयहरुको अभाव छ । सतलोक आश्रम धनुषामा लाखौं भक्तजनहरु आउँछन् । त्यहाँ विभिन्न अध्यात्मिक गतिविधिहरु सम्पन्न हुन्छन् । त्यहाँ सत्य सनातनका कुराहरु सिक्ने मौका मिल्नेछ ।’

आयोजकले फरक फरक उक्त कार्यक्रममा पाँच लाख मानिसहरु आउने दावी गरेको छ । निशुल्क भण्डारा चल्ने भएकाले सबै किसिमका मानिसहरु उपस्थित गराउने आयोजकको योजना छ ।

निर्वाण र बोध दिवस
अनुयायी ओमराज ढकालका अनुसार निर्वाण दिवसको महत्व पृथक छ । पूर्णब्रह्म कवीरदेव साहेबजीको स्मरणमा निर्वाण दिवस मनाइन्छ । सन्त रामपालजी महाराजले ज्ञान प्राप्त गरेको दिनमा बोध दिवस मनाइन्छ । दिवसका अवसरमा नेपाल, भारतलगायत विश्वका विभिन्न देशमा कार्यक्रमहरुको आयोजना गरिने उनले जानकारी दिए ।

‘बोध दिवस भनेको सन १९८८ मा जगत गूरु तत्वदर्शी सन्त रामपालजी महाराजको गुरुदेव स्वामी रामदेवान्दजीबाट दिक्षा मिलेको थियो । जुन दिक्षा उहाँले प्राप्त गर्नुभयो, ज्ञान प्राप्त गर्नुभयो त्यही ज्ञान हामीले पनि पाएका छौं । उहाँले पाएको ज्ञान नै आज आएर विकृतिमुक्त, विसंगतीमुक्त र स्वच्छ अध्यात्मिक जीवन जिउने अवसर मिलेको छ । त्यही स्मृतिमा बोध दिवस मनाउन लागेका हौं,’ उनले भने ।
उनले अगाडि भने,‘सन्त रामपालजी महाराजजी सन १९५१ मा भारतको हरियाणामा किसान गाउँमा उहाँ जन्मिनुभयो । त्यसपछि उहाँले आफ्नो शैक्षिक अध्ययन पूरा गरिसकेपछि सिभिल ईन्जिनियरका रुपमा सिंचाई विभागमा नियुक्त भएर सेवा गर्दै र अध्यात्मिक ज्ञान प्राप्त गर्नुभयो । र यो ज्ञान पृथ्वीमा फैलाउनुपर्ने स्वयम भगवानबाट निर्देश भयो भन्ने प्रमाणहरु पनि भेटिन्छन् । यो ज्ञानको उजागर गर्नको लागि अहिलेसम्म संसारमा विद्यमान धार्मिक आडमा शोषण, धार्मिक कुरीति, पाखण्ड अन्धविश्वासलाई खोलेर ज्ञान मानवको लागि के हो त, कसरी मानव खुसी रहन्छ, कसरी मान्छेमा नैतिकताको विकास हुन्छ, कसरी व्यक्तिमा धार्मिक आचरणको विकास हुन्छ भनेर मूर्त रुप दिनको लागि सन्त रामपालजी महाराजजीले सन् १९८८ बाट ज्ञान दिन सुरु गरेको र संसारभरी ज्ञानलाई फैलाउनुभयो,’ उनले भने, सोही ज्ञानको फलस्वरुप संसारका धेरै राष्ट्रहरुमा उहाँको ज्ञान लोकप्रिय भएको हो र उहाँका अनुयायीहरु फोहोरको दलदलबाट बाहिर निस्केका छन् ।’

दाइजोविरुद्ध अभियान
दाइजो तराईमा मात्र नभइ संसारमा जोसुकै लोभी रहेको उल्लेख गदै ढकालले दाइजो कुरितीविरुद्ध सन्देश फैलाउन पनि कार्यक्रमको विशेष महत्व रहेको बताए । ‘कुनै एउटा बाबुले छोरी उसको आगनमा हुर्काउँदैछ भने त्यो बाबुको रातिको निद्रा र दिनको भोक हराएर जान्छ । बुवाको जवानी त्यतिकै ओइलिन्छ उसको खुसीयाली हराएर जान थाल्छ । छोरीलाई हुर्काउने र शिक्षित गराउने, छोरीहरुको कर्म, संस्कार र विवाह बन्धनमा बाँधिदिने कसरी भन्ने तनावमा हुन्छ । दाइजो लिनेहरु त्यसरी नै हुर्किरहेका हुन्छन् । हृदयको टुक्रा झिकेर दिए जसरी बाबुले छोरीलाई आँगनबाट विदा गर्दैगर्दा दाइजो नदिएको कारणले तराइमा कति छोरीहरुलाई जिउँदै जलाएर मारिन्छ । कतिलाई मर्नको लागि दबाब दिइन्छ । त्यसका विरुद्ध सन्तरामपालजी महाराजजीले ज्ञान फैलाउनुभएको छ । यसलाई तुरुन्तै रोक्नुपर्छ भन्ने उहाँको अभियान समेत रहेकाले कार्यक्रमको विशेष महत्व छ,’ ढकालले भने ।
यसैगरी सन्त रामपालजी जीव हिंसा समेत अन्त्य गर्ने उदेश्य रहेको उनले बताए । ‘कुनैपनि प्राणीलाई दुख्ने र पीडा दिने काम कसैले गर्नुहुन्न । कुनैपनि जीवलाई काट्नु, त्यसलाई तड्पाउनु, र त्यसको जिउने अधिकार खोसेर आफ्नो भूँडी भर्नु मानवीय कार्य होइन भनेर सन्त रामपालजी महाराजले ज्ञान दिनुहुन्छ,’ उनले भने ।

राज्यले धर्मको नाममा अन्धविश्वास, शोषण, पाखण्ड गर्न दिनु नहुने भन्दै ढकालले भने,‘जीवहरुको संरक्षण गर्ने खालको जनचेतना मूलक कार्यक्रम चलाउनुपर्छ । यस्ता काम गरिरहेका संघ संस्थाहरुलाई पनि अगाडि ल्याउनुपर्छ,’ उनले अगाडि भने,‘धुम्रपानको सेवन गर्नु भएन, कसैको हत्या गर्नु भएन, अरुको धन लुटेर आफूले मोज गर्नु भएन । भ्रष्टाचार गर्ने विचार पनि आउनु भएन । कसैका छोरीचेलीप्रति नराम्रो नजर राखेर, दुर्व्यवहार गर्नु भएन र त्यसको कल्पना पनि गर्नु भएन् । यि सबै गुण सान्तरामपालजीमा छ भन्ने कुरामा म विश्वस्त छु ।’

व्यक्तिको आचरण बदल्ने प्रयास
यस्ता विशाल कार्यक्रमले मानिसहरुको नकरात्मक भावना र विकृत मानसिकता अन्त्य गर्न अध्यात्म ज्ञान दिने कार्यक्रमको उद्देश्य रहेको आयोजकको दाबी छ । समाजमा आफू विभिन्न विकार र विकृतिमा मुछिएर अरुलाई उपदेश दिदैँ हिन्ने खालका मान्छेहरु पनि छन् । पहिला आफूमा बदलाव ल्याउनुपर्यो । जस्तै घरमा बुबाले चुरोट र रक्सी खाएको देखेर हुर्किएको बच्चाले पछि गएर आफैं खानसक्छ । त्यसकारण यस्तो कुरालाई न्यूनिकरण गर्न र समाजबाट विस्थापित गर्नको लागि सान्तरामपालजी महाराजजीको आध्यात्मिक ज्ञान र उपदेशमूलक पुस्तक विश्वव्यापी रुपमा र सामाजिक सञ्जालमा पनि ट्रेन्डिङको पहिलो नम्बरमा आइरहेको छ । संसारका लगभग १ सय ५० भन्दा बढि भाषाहरुमा अनुभादित् छ । ति पुस्तकहरुलाई मगाउने पढ्ने र ज्ञानलाई बुझ्ने कोशिस हामी गरिरहेका छौं, ढकालले भने ।

भ्रष्टाचार जस्तो कुकर्म र गलत कार्य अरु केही पनि नहुने भन्दै उनले भ्रष्टचारीहरु संसारबाट बिदा भएर जानुपर्छ । जाँदा खाली हात नै जाने भएकाले सोही अनुसार सन्देश फैलाउने कार्यक्रमको लक्ष्य रहेको उनले सुनाए ।
नेपाललाई जोगाउनको लागि नैतिकता उत्थान गर्न आवश्यक रहेको उनले बताए । कार्यक्रमका संयोजक कुमार दासले कबीर साहेब ६ सय २० बर्ष पहिला भारतको बनारसमा जन्मिएर २० बर्ष विभिन्न ज्ञानहरु दिएर गएको पनि बताए ।
‘त्यो बेला पनि समाजमा रुढिवादी र अन्धबिश्वास थियो । ज्ञानको अभाव थियो । त्यसबेला बाबा कवीरले ज्ञान दिनुभएको थियो । समाज बदल्नु भएको थियो। आज हामीहरु समाज बदल्ने अभियानमा जुटिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्