जलेश्वर कारागारका एक जना कैदीको मृत्यु

<span class='c1'>जलेश्वर कारागारका एक</span> <span class='c2'>जना कैदीको मृत्यु</span>

महोत्तरी । महोत्तरीको जलेश्वर कारागारमा एक जना कैदीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको बटेश्वर गाउँपालिका १ कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महरा रहेका छन् ।

महराले राती १२ बजेतिर आफूलाई पेट दुखेको जानकारी गराएका थिए । कारागारमै रहेको चिकित्सकले उनले अस्पताल लैजान सुझाव दिएपछि महरालाई जलेश्वर अस्पताल लगिएको थियो । अस्पतालमा उनको २ बजे मृत्यु भएको जलेश्वर कारागारका सूचना अधिकारी रबिन ठाकुरले जानकारी दिए । उनले महराको परिवारजन अस्पताल आइसकेको र मुचुल्का गरी पोस्टमार्टमको तयारी भइरहेको जानकारी दिए । पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने सूचना अधिकारी ठाकुरले जानकारी दिए ।

मृतक महरा आगजनी घटनामा दोषी ठहर भएका थिए । उनलाई प्रहरीले २०८० को जेठ २८ गते प्रकाउ गरेको थियो । यसैगरी महरा २०८० साउन १६ गतेदेखि सजाय भुत्तान गर्न कारागार चलान भएका थिए । उनी २०८३ असार २७ गते कैद मुक्त हुने भनिएकोमा उनको आज मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्