विश्व क्यान्सर दिवस : विभिन्न कार्यक्रम गरि विराट क्यान्सर इन्स्टिच्युटले मनायो

<span class='c1'>विश्व क्यान्सर दिवस : विभिन्न कार्यक्रम</span> <span class='c2'>गरि विराट क्यान्सर इन्स्टिच्युटले मनायो</span>

विराटनगर । मोरङको बुढीगंगा-२ स्थित रेवन्त–रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले विभिन्न कार्यक्रम गर्दै विश्व क्यान्सर दिवस मनाएको छ।

इन्स्टिच्युटले ‘पृथकतामा एकता : क्यान्सर भोगाइका कथाहरू’ नाराका साथ आज(मंगलबार) विश्व क्यान्सर दिवस मनाएको हो।

बिहान ९ बजे इन्स्टिच्युटको पार्किङ्गबाट सुरु भएर र्याली विराटनगरको विभिन्न भागहरु हुँदै विराट नर्सिङ्ग होमको पार्किङ्गमा बिहान ९:३० बजे र्याली समापन भएको थियो । क्यान्सर रोग सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस र्यालीमा स्वास्थ्यकर्मी, विद्यार्थी तथा स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो।

माघ २२ गतेदेखि फागुन १६ गतेसम्म क्यान्सर स्क्रीनिंगहरूमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ। छुट अन्तर्गत स्तन क्यान्सर,पेट र आन्द्राको क्यान्सर,पाठेघरको मुखको क्यान्सर र फोक्सोको क्यान्सरको परिक्षण गर्न सकिने उल्लेख गरेको छ। हस्पिटलमा दर्ता गर्दा प्रोमो कोड AASHA2025 प्रयोग गर्नु पर्ने विराट क्यान्सर इन्स्टिच्युटले जनाएको छ।

त्यसैगरी विराट क्यान्सर इन्स्टिच्युटमा उपाचाररत १०० जना बिरामीलाई विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका संस्थापक अध्यक्ष डाक्टर ज्ञानेन्द्र मानसिंह कार्की र विराट नर्सिङ होमका प्रमुख कार्यकारी अधिकृत (सीइओ) डा. निकिता कार्कीले माक्स,सेनीटाइजर र ब्ल्याङ्केट वितरण गर्नुभएको थियो।

यस्ता कार्यक्रमहरुले समुदायमा क्यान्सर रोग सम्बन्धी रहेको भ्रम र गलत धारणाहरु हटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्