विराटनगर । नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारबीचको द्विपक्षीय सम्झौता अन्तर्गत चलिरहेको एनएसएसयुर (ENSSURE) परियोजनाले विराटनगर महानगरपालिका र महानगर बहुशैक्षिक विद्यालयको सहकार्यमा व्यावसायिक प्लम्बर (Professional Plumber) र व्यावसायिक भवन इलेक्ट्रिसियन (Professional Building Electrician) विषयमा निःशुल्क तालिम कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।
यस अन्तर्गत २० जना प्लम्बर र ४० जना इलेक्ट्रिसियन प्रशिक्षणार्थी चयन गरिनेछ। प्रत्येक कोर्सको अवधि १,६९६ घण्टा (तह २) रहनेछ। महिला, विशेष आवश्यकता भएका व्यक्ति, तथा पिछडिएका समूहलाई प्राथमिकता दिइने बताइएको छ।
यस तालिम लिनआवेदक १६ वर्ष पूरा भएको नेपाली नागरिक, पाठ्यक्रम अनुसारको न्यूनतम शैक्षिक योग्यता पूरा गरेको, सम्बन्धित विषयमा पहिले तालिम नलिईएको र पेसागत कार्य गर्न सक्ने सामर्थ्य रहेको हुनुपर्ने। इच्छुक व्यक्तिहरूले २०८१ सालको फाल्गुन ९ गतेभित्र महानगर बहुप्राविधिक शिक्षालय, विराटनगर-२ सोमबारेहाट (जनता नगर मार्ग) मा फोटो, नागरिकताको प्रतिलिपि, र शैक्षिक प्रमाणपत्रको प्रतिलिपि सहित आवेदन पेश गर्न सक्नेछन्।
यस तालिमले युवाहरूलाई रोजगारीमूलक सिप विकास गर्ने र स्वदेशी स्तरमा कुशल पेशादारीको अभाव पूरा गर्ने उद्देश्य राखेको छ। स्थानीय युवा र आवश्यक समूहले यस अवसरलाई उपयोग गरी आत्मनिर्भरताको दिशा तर्फ अग्रसर हुन आह्वान गरिएको छ।