विजय धिमाल
फागुन १३ राजघाट
मोरङको उर्लाबारी नगरपालिका ४ बैशावारी स्थित शुक्रबार १२ गते बरगाछी चौकमा १०८ दिप प्रज्वलन र कलाश यात्रागर्दै श्रीमद् भागवद सप्ताह पुराण ज्ञान महायज्ञ सुरुभएको छ ।
निर्माणधिन पाथिभरा पञ्चकन्या देवि मन्दिर पुर्णरुप दिन र वार्षिक रुपमा मावा खोलाले दुःख दिएको हुदा संकलित रकमबाट दुःखमुक्त गर्न पुराण आयोजना गरिएको हो । नारायण शरण काफ्लो (शास्त्री)को प्रमुख वाचन र आचार्य प्रकाश गौतमको उपवाचकत्वमा संगितमय पुराण रहने आयोजक समितिले जानकारी गराए । सात दिन सम्म चल्ने पुराण विहान ७ बजेदेखि ९ बजेसम्म दैनिक पुजा, आरती र पाठ पारयण त्यस्तै बिहान १० बजेदेखि ४ बजेसम्म कथा वाचन र साँझ ६ बजेदेखि १० बजेसम्म भजन किर्तन, झाँकी प्रदर्शनी रहने समितिले जानकारी गराए । पुराणमा ५ हजार भन्दाबढी सहयोग गर्नुहुने व्यक्ति वा संघसंथालाई दोसल्ला सहित फ्रेमा रहेको प्रमाण पत्रले सम्मान गरिने पुराण आयोजक संयोजक हेम चोङवाङले जानकारी गराए । कलश यात्रामा दमक झापा, राजघाट र उर्लाबारीका किर्तन मण्डली साथै स्थानिय व्यक्तिहरुको अथाह उपस्थिती जहाँमीले सोचेभन्दा धेरैनै रहेको स्थानिय शम्शेर लिम्बु छक्कपर्दै पुराण गर्नुको उद्देस्य पुराहुने विश्वास व्यक्त गरेका थिए ।
पुराण वा कलश यात्रा उद्घाटन भने मोरङको राजघाट आम्बारीमा रहेका बृद्ध वा स्थानिय समाजसेवि चौकिलाल धिमालबाट भएको थियो ।