केपी ओली कप फुटबलमा आज दुई खेल हुँदै

<span class='c1'>केपी ओली कप फुटबलमा</span> <span class='c2'>आज दुई खेल हुँदै</span>

काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदैछन् ।

आज त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब तथा केपी ओली एफसी र न्यूरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुनेछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा आर्मी र पुलिस भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ ।
यस्तै, केपी ओली एफसी र एनआरटीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । यो खेल पनि एन्फा कम्प्लेक्समै हुनेछ । एमालेको भ्रातृ संगठन युवा संघ नेपालको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन खेलमा हिजो एपीएफले उज्वेकिस्तानको ब्ल्याक बुल्सलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

यही फागुन १९ गतेसम्म चल्ने प्रतियोगितामा ९ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्