डिजिटल कारोबार निःशुल्क बनाउन सांसद डाँगीको माग

<span class='c1'>डिजिटल कारोबार निःशुल्क बनाउन</span> <span class='c2'>सांसद डाँगीको माग</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले डिजिटल कारोबार निःशुल्क बनाउनुपर्ने माग राखेकी छिन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले समेत ६ महिना अगाडि सामाजिक सञ्जालमा डिजिटल कारोबारमा लाग्ने शुल्क हटाउने र यसलाई निःशुल्क बनाउने योजना अघि बढाइएको भएपनि हालसम्म कुनै काम अघि नबढाउँदा जनताको विश्वास तोड्ने काम भइरहेको बताएकी हुन् ।

उनले भनिन् , ‘केही दिन अगाडि निशुल्क डिजिटल कारोबार माग राख्दै सदनमा बोलेको थिएँ । अर्थमन्त्रीज्यूलाई पत्र समेत बुझाएको थिए । सम्माननीय प्रधानमन्त्रीज्यूले पनि ६ महिना अगाडि सामाजिक सञ्जालमा डिजिटल कारोबारमा लाग्ने शुल्क हटाउने र यसलाई निःशुल्क बनाउने योजना अघि बढाइएको छ भन्नुभएको थियो । तर हालसम्म कुनै काम अघि बढाइएको छैन् । सरकारले यसरी बारम्बार वचन दिने र काम नगर्ने हो भने जनताको विश्वास तोड्ने काममात्रै गर्छ । त्यसैले म यो संसद मार्फत सरकारलाई छिटो भन्दा छिटो डिजिटल कारोबार निशुल्क बनाउन आवश्यक कदम चाल्न अनुरोध गर्न चाहन्छु ।’

उनले छिटो भन्दा छिटो डिजिटल कारोबार निःशुल्क नबनाउन सरकारको ध्यानाकर्षण गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्