केपी ओली कप : एफसी ट्रान्सपोर्ट युनाइटेडलाई हराउँदै मछिन्द्र सेमिफाइनलमा

<span class='c1'>केपी ओली कप : एफसी</span> <span class='c2'>ट्रान्सपोर्ट युनाइटेडलाई हराउँदै मछिन्द्र सेमिफाइनलमा</span>

काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबलमा एफसी ट्रान्सपोर्ट युनाइटेडलाई हराउँदै मछिन्द्र एफसी सेमिफाइनलमा प्रवेश गरेको छ ।

ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा भर्खरै सकिएको खेलको मछिन्द्रले ट्रान्सपोर्ट युनाइटेडलाई १–० गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

मछिन्द्रको जितमा स्टेफेन जलिले निर्णायक गोल गरे । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिस श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । मछिन्द्रले फाइनल प्रवेशका लागि आयोजक केपी एफसीसँग प्रतिष्पर्धा गर्नेछ । यसअघि आजै भएको पहिलो खेलमा एपिएफलाई पराजित गर्दै संकटा क्लबले सेमिफाइनलमा स्थान बनाएको थियो । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् । फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्