काठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ ।
फाइनल खेलमा नेपाल र म्यान्मार भिड्दैछन् । दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ६ बजेदेखि शुरु हुँदैछ ।
चार देशले भाग लिएको च्याम्पियनसिपमा म्यानर र नेपाल पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । म्यान्मारले लिग चरणका तिन खेलमा २ जित र एक बराबरीसहित ७ अंक हासिल गरेर शिर्ष स्थानमा रहेको छ । म्यानमारले लेबनान र किर्गिस्तानलाई पराजित गरेको थियो भने नेपालसँग बराबरी खेलेको थियो ।
त्यस्तै नेपालको पनि तीन खेलमा २ जित र एक बराबरीसहित ७ अंक नै रहेको र गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । नेपालले पनि लेबनान र किर्गिस्तानलाई पराजित गरेको थियो भने म्यान्मारसँग बराबरी खेलेको थियो ।