“पहिलो गर्भ कहिले २० वर्ष पुग्छ जहिले” भन्दै लायन्सको सचेतना

<span class='c1'>“पहिलो गर्भ कहिले २० वर्ष</span> <span class='c2'>पुग्छ जहिले” भन्दै लायन्सको सचेतना</span>

पहिलो गर्भ कहिले २० वर्ष पुग्छ जहिले भन्ने मुल नाराका साथ विराटनगरको कलेजहरुमा लायन्स क्लब अफ  मोरङ विराटनगर र लियो क्लवको विराटनगरको सचेतना अभियान सुरू भएकाे छ । क्लबले  किशोरी अवस्थामा गर्भाधारण हुदा हुने जोखिम र त्यसको समस्याको सावधान गर्ने उधेश्यले सचेतना अभियान सुरु गरेको जनाएकाे छ । मंगलबार विराटनगरको सिटी कलेज अध्ययनरत किशोरि अवस्थाका विधार्थिहरुलाई स्वास्थबारे सचेत गराएको लायन्स कल्ब अफ विराटनगर मोरङका अध्यक्ष डा बालकृष्ण साहले जनकारी दिनुभयो। अभियान अन्तर्गत विराटनगर शिक्षादिप, अर्किड​, कोबास​, नेशनल एकेडेमि, लर्डबुद्ध​, सरस्वति, मेरिल्याण, सेन्टजोसेफ कलेजमा अध्ययनरत विधार्थीहरुलाई स्वास्थ समस्याको बारेमा चेतना दिने काम भइसकेको कार्यक्रम संयोजक राजन दत्तले बताउनु भयो। सचेतना अभियानबाट करिब १ हजार २ सय जना बढी बिधार्थीले लाभ लिएको बताइएको छ। सचेतना कार्यक्रमको सहजिकरण लियो क्लबका सदस्यहरुले गरिरहेको छन्। तिन समुहमा गठन गरि कलेजमा सचेतना अभियान सुरु गरिएको छ। लियो क्लवका केशव बस्नेत, निसु आचार्य र मिनल अधिकारिको टोलीले सचेतना कर्यक्रम गरिरेहेका छन्। स्त्री तथा प्रसुति विशेषज्ञ डा. बालकृष्ण साह, ममता श्रेष्ठ​, सुर्यनारायण चौधरीहरुले प्रशिक्षण दिएर क्लबका प्रतिनिधिहरुलाई प्लस टु मा जनचेतनाका लागि परिचालन गरेकाे समाचार अाजकाे जनविद्राेह दैनिकमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्