धिमाल भाषा लिपी प्रशिक्षण

<span class='c1'>धिमाल भाषा</span> <span class='c2'>लिपी प्रशिक्षण</span>

विजय धिमाल

राजघाट १९ फागुन । मोरङको उर्लावारी नगरपालिका ८ सुनझोडा श्री बुढाठाकुर धिमाल ग्रामथान स्थित आदिवासी जनजाति विकास कार्यक्रम अन्र्तगत दुई दिने धिमाल भाषा लिपी प्रशिक्षण सुरुभएको छ । श्री बुढाठाकुर धिमाल समुह आयोजना र उर्लाबारी नगरपालिका÷आदिबासी जनजाति महासंघको सहयोगमा कार्यक्रम भएको हो । कार्यक्रममा स्थानिय धिमालहरुको राम्रै उपस्थितीमा भएको थियो । हालको समयमा बिभिन्न जातिको भाषा र लिपी हराउदै गइरहेको प्रष्ट छ । केही हद सम्म भएपनि आफ्नो भाषा र लिपी जोगाउ जगाउनुपर्छ भन्ने हेतुले धिमाल समुदायलाई सजक गराउन प्रशिक्षणको आवश्यक ठान्दै नेपाल भरका धिमालहरुलाई कार्यक्रम ल्याएको प्रशिक्षक सोमबहादुर धिमालले जानकारी गराए । यस अघि मोरङ, झापा र सुनसरी जिल्लामा धिमाल समुदायलाई धिमाल भाषा र लिपी प्रशिक्षण दिइसकेको उनले जानकारी दिए । अझै पनि धिमाल समुदायमा कार्यक्रम गर्नबाँकी रहेको छ । बाँकी रहेका ठाउँहरुमा स्थानिय निकायसँग समनव्य गर्दै कार्यक्रम गर्दै जाने धिमालको भनाइ छ । कार्यक्रमकाे प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका कार्यकारी अधिकृत सुरेन्द्र थापामगर अतिथिहरुमा श्री धिमाल जातीय विकास केन्द्रका बरिष्ठ उपाध्यक्ष गणेशमान धिमाल, श्री धिमाल जातीय विकास केन्द्रका सचिव कविराज धिमाल, श्री धिमाल जातीय विकास केन्द्रका सदस्य पदम धिमाल पात्रे, स्थानिय गाउँटोल माझी सिता धिमाल, भुसिँ गाउँटोल अध्यक्ष जंगशहादुर धिमाल रहेका थिए भने श्री बुढाठाकुर धिमाल समुहका अध्यक्ष रामबहादुर धिमालको अध्यक्षतामा कार्यक्रम भएको हो । खोज तथा अुसन्धानकर्ता सोमबहादुर धिमालले प्रशिक्षण दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्