धनुषाको सबैलामा झडप, प्रहरीले चलायो अश्रुग्यास

<span class='c1'>धनुषाको सबैलामा झडप,</span> <span class='c2'>प्रहरीले चलायो अश्रुग्यास</span>

जनकपुर । धनुषाको सबैला नगरपालिकामा दुई पक्षबिच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । नगरपालिकामा दुई पक्षबिच झडप हुँदा प्रहरीले आश्रुग्यास प्रहार गरेको छ ।

स्थिति तनावग्रस्त बनेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको धनुषा प्रहरीले जनाएको छ । धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले स्थिति नियन्त्रणमा लिन आश्रुग्यास प्रहार गरेको बताए ।

उनका अनुसार अश्रुग्यास प्रहार गर्दै प्रहरीले लाठीचार्ज पनि गरेको थियो । ‘एक पक्षले यादव चोक हुनुपर्छ भन्छन्, अर्को पक्षले यादव चोक स्वीकार नगर्ने भन्छन् । चोकको विषयमा दुई पक्षबीच झडप भयो,’ उनले भने ।’केलुवामोरका बासिन्दाले भठिहनमा ‘यादव चोक’ नामकरण गरेको थियो । ‘यादव चोक’ को बोर्ड समेत सडकमा राखेपछि विवाद चुलिएको छ ।

भठिहनका बासिन्दाले ‘यादव चोक’को नाममा आपत्ति जनाउँदै बोर्ड उखालेर प्रहरीको जिम्मा लगाएको थियो । आज बिहानदेखि स्थानीयहरुले सवैला प्रहरी चौकी घेरेर नाराबाजी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्