मायाको हकदार हैन र ?

<span class='c1'>मायाको हकदार हैन</span> <span class='c2'>र ?</span>

-रविन्द्र कुमार यादव
भन्छौ तिमी अथाह माया गर्छौ,
तर शब्द मात्र किन बाँड्छौ?
हृदयले लेखेको प्रेमको पुस्तकमा,
माया किन सम्झौतामा साट्छौ?

म तिमीलाई आफ्नो भन्छु,
तर तिमी विगतमा हराइरहन्छौ।
के मेरो अतीत यति भारी छ?
जो तिम्रो भविष्यलाई डराइरहन्छ?

भुल्न खोज्छु ती अधुरा पलहरू,
तर किन तिमी फेरि उतै फर्कन्छौ?
के वर्तमानसँग बाँच्न गाह्रो छ?
कि माया केवल शब्दमा मात्र अडिन्छ?

म भन्दिन, म जस्तै नै पाउँछौ,
म भन्दिन, मभन्दा राम्रो नै पाउँछौ।
तर के प्रेम तुलना गर्ने वस्तु हो?
कि मनले मन बुझ्ने सेतु हो?

माया बाध्यता होइन,
न त कुनै बनावटी बहाना।
माया त आत्माको संगीत हो,
जहाँ न त काल, न त दूरीको बहस हुन्छ।

त्यसो भए, उत्तर देऊ—
के म तिम्रो मायाको हकदार हैन र?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्