गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-नवराज पोखरेल 'नवशिला'
यो छाती भित्र पुरानो घाउ छ खिल छ,
जीवनभर तिर्दा पनि नसकिने बिल छ।

माया भन्नुनै त भरोसा अनि विश्वास हो,
माया गर्नेकै दुनियाँ अचेल काबिल छ।

म फूल जस्तै हुँ नरम छु यति बुझिराख,
तर तिम्रो त कठोर ढुङ्गा जस्तै दिल छ।

घरि घरि यस्तो लाग्छ जान्छौ कि छोडेर,
वेदना छन् यी आँखा हेरन टिलपिल छ।

विधाताले पनि कस्तो भाग्य लेखिदियो,
साँच्चै धरापमा छ जीवन जिलजिल छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्