माेरङमा भएकाे सवारी दुर्घटनामा ६ घाइते

<span class='c1'>माेरङमा भएकाे सवारी</span> <span class='c2'>दुर्घटनामा ६ घाइते</span>

मोरङ, फाल्गुन २९ गते। मोरङको छुट्टा छुट्टै सवारी दुर्घटनामा शनिबार ६ जना घाइते भएका छन्। बेलबारी-३ स्थित पूर्व पश्चिम राजमार्गमा को १७ प १७०२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँका ३० बर्षिय सुरज गुरुङ घाइते भएका छन्। उनको स्थानिय अस्पतलामा उपचार भइरहेको छ। दुर्घटनामा मोटरसाइकल चालक बेलबारी-३ बस्ने २२ बर्षिय देवेन्द्र गिरी र पछाडी सवार २५ बर्षिय राकेश राय समेत घाइते भएकाले दुवैजनाको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ। यता कोशी-हरैचा नगरपालिका-१२ स्थित कृष्ण पेट्रोल पम्प नजिकै ना २ ख ७२४९ नम्बरको ट्रक र को १ च ९९६० नम्बरको मिनि पिकअप आपसमा ठोक्किदा पिकअप चालक जिल्ला भोजपुर सब्ने २० बर्षिय महेन्द्र राई, सहचालक जिल्ला धनकुटा धनकुटा १ बस्ने १८ बर्षिय तारा मगर, र सोही ठाउँका १९ बर्षिय काले भट्टराई घाइते भएका छन्। घाइते तीनै जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने दुवै सवारी साधन र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी चौकी विराटचोकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्