सुनसरी, फाल्गुन २९ गते। सुनसरीको महेन्द्रनगर-९ बस्ने अन्दाजी ३५ बर्षिय नेपाल केबिरथले शनिबार आफ्नै श्रीमतीमाथी छुरा प्रहार गरेका छन्। साँझ ५ बजेतिर मादकपदारर्थ सेवन गरेका नेपालले सामान्य विवाद पश्चात आफ्नै २८ बर्षिया श्रीमती चन्द्रमाया केबिरथलाई छुरा प्रहार गरेका हुन्। छुरा प्रहारबाट घाइते श्रीमतीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने श्रीमानलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएको छ।