नयाँ आयाम खोजिरहेछु

<span class='c1'>नयाँ आयाम</span> <span class='c2'>खोजिरहेछु</span>

-माला बस्नेत
म तिमी बन्न खोज्दैछु
तिमी मेरो नभए पनि
मेरै भन्न खोज्दैछु
तिम्रा हरेक गल्ती

बिगतका कमजोरी
जीवनबाट इरेज गर्न
सिकाएर
सादा जीवन उच्च विचारको
अर्थ बुझाउदैछु

म मेरा खुम्चिएका हरेक सपना
तिम्रो बौद्धिकता सापट लिएर

पूरा गर्ने आशा गर्दैछु

हिजो जे भयो भयो

दिउँसै ननिदाएर देखेका सपना

बिर्सिएर

तिम्रै सल्लाहमा नयाँ जीवन

शुरु गर्न खोज्दैछु

कुनै स्वार्थ छैन तिम्रो

बुझेर सबै त्यही भएर त

नजिकमा बसेर

जीवन बाँच्न खोज्दैछु

लाग्छ सधैं तिमी

नजिक भैदिए हुन्थ्यो

तिमी मेरो हिम्मत साह्स

र मुटुको स्पन्दन बनेर

आइदिए हुन्थ्यो

तिम्रो छातीमा पनि

कतैकतै मेरो लागि

एउटा झुपडी भैदिए हुन्थ्यो

लाग्छ ,

सबै दु:ख तिमीलाई बाढ्न खोजिरहेछु

सबै सुख तिमीलाई सुनाउन चाहिरहेछु

मेरो जीवनको फूल नओइलाउँदै

सुवास तिम्रो लागि जोगाइरहेछु

।तिम्रो सफलतामा म भेटिओस

तिम्रो दु:खमा मेरो आँखा रसाओस

यही सोचिरहेछु ।

छैन कुनै स्वार्थ र पाप

निस्वार्थ प्रेम गरिरहेछु

मागेको छैन केहि पनि

मैले तिमीसंग

तिम्रो सामु हृदयदेखि

आत्मियता मागिरहेछु

खै किन किन
आजभोलि म तिमी बन्न खोजिरहेछु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्