लघुकथाः सिक्री हराएको मान्छे

<span class='c1'>लघुकथाः सिक्री</span> <span class='c2'>हराएको मान्छे</span>

-ऋषि तिवारी
'आन्दोलनमा जाने कुरो चल्यो ।'
ऊ, अनि ऊ साथी साथी थिए । व्यवस्था परिवर्तन गर्नुपर्छ भन्दै जिद्दी गर्न थाल्यो । आन्दोलन भनेसी, कृष्णको दिमाग तात्छ । उसलाई आन्दोलन मन पर्दैन। ऊ आफैँ विगत धेरै विगत व्यवस्था परिवर्तन गर्न आन्दोलनकारी भुमिकाको पनि पात्र थियो । व्यवस्था त परिवर्तन भए । अवस्था परिवर्तन हुन सकेन ।

कृष्णले उसलाई भन्यो, 'के का लागि आन्दोलन ? व्यवस्था परिवर्तन कि अवस्था परिवर्तन !'

उसलाई विगतको आन्दोलनहरुमा कृष्णले लिएर गाको त्यो पैंचो उसले मागेको पो हो कि ? त्यो कृष्ण पात्रको मनले बुझ्यो । र, भन्यो, 'हुन्छ, म तेरो लागि जाने भए यार ।' तर म कसैलाई केही भए नागरिक स्वयम सेवकको रुपमा खट्नेछु । न आन्दोलनकारी पक्षमा हुन्छु । न सरकार पक्षमा ।

विशाल आन्दोलन शुरु छ । कृष्ण पात्र छेऊ कुनोमा छ । अश्रु ग्याँस क्षेप्यास्त्र छ । आँखा पोल्दैछ । मिच्दैछ आँखा । एकातिर घर दनदनी बलिरहेको देख्दैछ । मर्ने मरिरहेको देख्दैछ । संगै आएको साथी देख्दैन । ढल्यो कि के हो ? मनमा पिर लिन्छ । इतर बितर भएका छन् भिँडहरु । ऊ टुपलुक्क आयो । रुँदै आयो कृष्ण छेऊ । सोध्यो, 'के भयो ? लौरो खाइस ?' ऊ रुँदै छ । भन्न सकिरहेको छैन । बल्ल, बल्ल मुख खोल्यो । 'सिक्री हरायो ।' त्यहीबेला युट्युब च्यानल समाचारदाता छेऊमा उभिएको थियो । र, सुन्ने बित्तिकै क्यामेरा तेर्साएर समाचार प्रसारण गर्दि हाल्यो । 'सिक्री हराएको मान्छे ।'

च्यानललाई हट्न आग्रह गर्यो । साथीलाई सम्झायो ।

'हरिवंश पनि त चिना हराएका मान्छे हुन नि ?'

विराटनगर-६,ममता-मार्ग ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्