माटोको शुभकामना

<span class='c1'>माटोको</span> <span class='c2'>शुभकामना</span>

-राजन प्रसाद न्यौपाने 'श्रीयम'
देशको माटोभित्र
रमाउनु पर्छ
हराउनुपर्छ
मेहनतको पसिनाले
माटो भिजाउनु पर्छ

बाँझो बारी खनी खोस्री

गरेर मलजल

हरियो बनाउनुछ फाँट

उर्वर बनाएर माटो

फलाउनु छ फसल

सीप र सिर्जना गर्नुछ प्रयोग

कृषि क्रान्ति नभए सम्म

बन्दैन यो देश असल

य्ही माटोमा छ

हिरा मोति सुन

एक भै ,संगै जुटे

टाढा छैन समृद्धिको जूनतारा छुन

संसारकै मात्र होइन सुन्दर

पून्यभूमी यो दुर्लभ

हाम्रै देश नेपाल

सनातनी हामी

वैदिक थलो यो ऋषिमुनिको

अब माया गरौ

माटो र देशको।

हिमालको ताज यहाँ शिरमा

चन्द्रसूर्य आँखा समान

धर्ती यो स्वर्ग समान

गान भक्ती जे जे गर्नुछ

देशकै गरौ न

सुन्दर नेपाल थाहा छ संसारलाई

अब समृद्ध पनि बनाऔ न

फुट किन चाहियो

हामी सबै नेपाली

अब एकताको लागि लागौन

चन्द्र सूर्य छुन्छु भन्ने

हाम्रै हिम्चुली

कतै गुम्बा कतै मन्दिर

मस्जिद

भाषा धर्म फरक होलान

मन मुटु हुनुपर्छ नेपाल

बनाउन स्वर्ग समान

हिउँ मान्छेको घर

हाम्रै हिउँ चुली

थुम्काथुम्की डाडाकाडा

पहिचान हाम्रा वरिपरि

तराईले दियो शन्देश

छैन कोही पराई

मात्र हुन पर्यो एकजुट

नेपाली सबै।

पहिला हामी नेपाली

अनि खोजौला अधिकार

समान छ भाव

पहिला सबै मिली देश एक स्वीकार

यहि छ कमना सबैमा

नयाँ बर्षको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्