पिर लाग्छ आजभोलि

<span class='c1'>पिर लाग्छ</span> <span class='c2'>आजभोलि</span>

-सुजता राई
दुखेको छ मान्छेको मन

देखेर अबस्था देशको

चर्केको छ छाती

भोगेर दुर अबस्था देशको

सबै एक छैनन् आजभोलि

एक एक भएका छन् सबै

भूगोल बाड्न खोज्दैछ्न

तेरो मेरो यसको उसको

भन्दै छन्

धर्म संस्कार मासिदैछन्

संस्कृति र परम्परा

लोपोन्मुख हुँदैछन

कतै बम बारुद पड्कदै छ्न

कतै गोलीको बर्षा हुँदैछ

नेपालीले नेपाली मार्दैछन्

फेरि नेपाली चेली बिधुवा बन्दैछिन

आमाको काख रित्तो हुँदैछ

कयौं अबोध बालबालिका

टुहुरा हुँदैछन्

नारा जुलुसले शहरमा

कोलाहल मच्चाएका छन्

आतंकित छन्

ब्यापारी उधोगी

थाहा छैन कति बेला

हुने हो के?

ओहो कस्तो भयो

शान्तिप्रिय देश मेरो

किन बाँडिए जनता

धर्म र जातको आवरणमा

सगरमाथा पनि लजाईसक्यो

नेपालीको बिभाजन देखेर

पशुपतिले दिक्क मान्दैछन

संतान बिग्रेका देखेर

स्वयम्भूका आँखा निदाइसके

नेपालीले नेपाल बिर्सेको देखेर

कति दल कति बिचार

कति सिद्धान्त आफ्नै स्वार्थ

देश बेचेर सिंहदरबार किन्ने

अभिलाषा

हाम्रा नेता हुन् कि बिदेशका अभिकर्ता

माटो रहेन भने

कहाँ गर्लान् खेती यी नेताहरुले

नेपाल रहेन भने

कहाँका होलान यी नेता

दुखेको छ छाती चर्केर बेस्सरी

देखेर दुदर्शा यो देशको।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्