आमामा समर्पित कविता “धेरै धेरै सम्झना आमा” – प्रलाद यादव

<span class='c1'>आमामा समर्पित कविता “धेरै धेरै</span> <span class='c2'>सम्झना आमा” – प्रलाद यादव</span>

धेरै धेरै सम्झना मेरी प्यारी आमा
तपाईले सिकाएका पाठहरू सिकिरहेको छु
तपाईले छाडेर गएदेखि जिन्दगीसँग लडिरहेको छु ।

त्यो नदेखेको दैव संग के गुनासो पोख्नु,
मन्दिरमा रहेको त्यो दैवसंग के प्रष्न सोध्नु ?
यो उमेरमा मेरो आमा लग्नु भयो,
भन्नु कुन दैवको म अब पूजा गरु ?

बाबाले सोध्नु हुन्छ घर किन आउदैनस भनेर
बाबालाई कसरी सम्झाउनु , आमा बिनाको त्यो घर मेरो लागि अब घर रहेन भनेर ।
सम्झना आउँछ आमा त्यो दिनहरू
मैले तपाईँलाई दिएको त्यो पिरहरू अनि तपाइको साथ !

आमा नभएको पिडा म कति सहनु,
जन्म दिएको आमा नै नरहेपछी म अब कसरी रहनु?
आशिर्वाद दिनुहोस आमा जहाँ हुनुहुन्छ त्यहिबाट
अब आउने दिनहरु मेरा लागि सुखद होस् भनेर !
आशा छ आमा ! अर्को जन्ममा पनि तिम्रै छोरा हुन पाउ !
यस जन्ममा दिएको पिडा केहि छ भने त्यसको सट्टा खुसीले तिमीलाई भर्न पाउ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्