इटहरीमा दुर्घटना : २ जनाको मृत्यु

<span class='c1'>इटहरीमा दुर्घटना :</span> <span class='c2'>२ जनाको मृत्यु</span>

सुनसरी, १ चैत ।

सुनसरीको इटहरी २४ मा गएराति भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।  पश्चिमबाट पुर्व तर्फ आउदै गरेको को १ ख ५५८ नम्बरको ट्रकले बा ५० प ३५०१ नम्बरको मोटरसाइकललाई राति ८ बजेतीर ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार इटहरी २२ का २३ वर्षिय कोइरी बान्तवा र धरानका २५ वर्षिय दिवस राइको मृत्यु भएको पूर्व क्षेत्रिय प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । उनिहरुको राति नै उपचारका क्रममा धरान स्थित विपी कोइराला श्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । मोटरसाइकलमा तीन जना सवार थिए । घाइते इटहरी १९ का राजु मगरको धरानमै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्