भारतबाट भित्रीदै गरेको अबैध सामान बरामद 

<span class='c1'>भारतबाट भित्रीदै गरेको</span> <span class='c2'>अबैध सामान बरामद </span>

रङ्गेली, माेरङ - भारतबाट अवैध रुपमा नेपाल भित्र्याउन लागिएको विभिन्न खाद्यान्न लगायत अन्य सामाग्री इलाका प्रहरी कार्यालय रङ्गेलीले पक्राउ गरेको छ ।विभिन्न सीमानाबाट लुकाई छिपाई अवैध रुपमा भन्सारछली, चोरी निकासीका घटना दिन प्रतिदिन बढ्दै गएपछि ईलाका प्रहरी कार्यालय रङ्गेलीले उक्त कार्य नियन्त्रण गर्ने उद्देश्यले गस्तीलाई तीब्रता दिएको थियो । फलस्वरुप तेल, चिनी युरीया लगायत सुर्तिजन्य पद्दार्थ,डि.ए.पि.मलखाद, लुगा कपडा,लगायतका सामाग्रीहरु बरामद गरेको हो । बरामद गरिएका ती सामाग्रीको बजारमुल्य अन्दाजी रु.७०,००० रहेको जनाइएको छ । बरामद गरिएको सम्पूर्ण सामाग्रीहरु मङगलबार विराटनगरस्थित भन्सार कार्यालय, रानीमा त्यसैगरी बरामद २सय ५० लिटर अवैध घरेलु मदिरा समेत आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाईएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रमुख सन्जिब बाबू खड्काले बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्