हाईस बसको ठक्करबाट एकको मृत्यु

<span class='c1'>हाईस बसको ठक्करबाट</span> <span class='c2'>एकको मृत्यु</span>

सिरहा, चैत्र २ गते। सिरहाको धनगढीमाई नगरपालिका-९ मा मंगलबार राति हाईस बसको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोलबजार नगरपालिका-४ बस्ने कुसेश्वर महत्तो रहेका छन्। महतोलाई पूर्व पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.४ ख ६९३ नम्बरको हाइस बसले बिपरित दिसाबाट आईरहेको को.२७ प १४६३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो। ठक्करबाट घाईते महतोलाई उपचारकालागी न्यूरो अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ। बस र चालकलाई इलाका प्रहरी कार्यालय गोलबजारको नियन्त्रणमा राखिएको छ। यता मोरङको सुन्दर-दुलारी नगरपालिका-६ बलिया चौकस्थित माइक्रो बसको ठक्करबाट साइकलमा सवार एक महिला घाईते भएकी छन्। घाईते हुनेमा बलिया चौक बस्ने साबित्रा राई रहेकी छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ४ ख २१२२ नम्बरको माईक्रो बसले साइकलमा सवार रहेकी राईलाई ठक्कर दिएको थियो। घाईते राईलाई उपचारकालागी एपेक्स अस्पताल इटहरी पठाईएको प्रहरी चौकी गछियाले जनाएको छ। गाडी र चालक प्रहरीको नियन्त्रणमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्