झापामा आत्महत्या गर्नेको संख्या बढ्यो

<span class='c1'>झापामा आत्महत्या गर्नेको</span> <span class='c2'>संख्या बढ्यो</span>

झापा चैत्र २ ,

झापामा पछिल्ला ३ वर्षमा ५ सय ९५ जनाले आत्महत्या गरेका छन्। यो संख्या वर्षेनी बढ्दै गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरी उपरीक्षक शैलेस कुमार क्षेत्रीका अनुसार  आव २०७१/०७२ मा २४२ , ०७२/०७३ मा २४० र चालु आवको माघ मसान्त सम्ममा ११३ जनाले आत्महत्या गरिसकेका छन्। प्रहरीका अनुसार झापामा पासो लगाएर ७९ प्रतिशत, बिस सेवनबाट १९ प्रतिशत , अग्निदाहबाट १ प्रतिशत र सेरिएर १ प्रतिशतले आत्महत्या गरेका छन्। यस्तै आत्महत्या गर्नेमा ६८ प्रतिशत साक्षर, २० प्रतिशत एसएलसी उतिर्ण, ११ प्रतिशत कक्षा १२ उत्तिर्ण र १ प्रतिशत स्नातक वा सो भन्दा माथि अध्ययन पुरा गरेकाले आत्माहत्या गर्ने गरेका छन्। यस्तै ६६ प्रतिशत विवाहित, २४ प्रतिशत अविवाहित , २ प्रतिशत विदुर, ३ प्रतिशत एकल (विधवा) र २ प्रतिशत सम्बन्ध विच्छेद गर्ने महिला पुरूषले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ। अधिकांशले तनाव र उत्तेजना व्यवस्थापन गर्न नसक्दा आत्महत्या गर्ने गरेको प्रहरी उपरीक्षक क्षेत्रीले सेतोपाटीलाई बताए। ‘पछिल्ला दिनमा वैदेसिक रोजगार पनि आत्महत्याको मुख्य कारक बन्दै गएको छ। आत्महत्याको अर्को कारण प्रेम सम्बन्ध हो,’ उनले भने। प्रहरी उपरिक्षक क्षेत्रीका अनुसार १८ देखि २८ वर्ष उमेर समुहका युवा युवतीले प्रेम सम्बन्ध विग्रिएको कारण आत्महत्या गर्ने गरेका छन्। सामाजिक रूपमा आफूलाई अपहेलित ठान्नेले र लागूऔषधको प्रयोग गर्नेले पनि आत्महत्या गर्ने गरेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार पछिल्ला तीन वर्षमा भएका आत्माहत्याका घट्नामा ५६ प्रतिशत पुरूष र ४४ प्रतिशत महिला यसको सिकार भएका छन्।

झापामा मात्रै प्रति ३६ घन्टामा एक जनाले आत्माहत्या गर्ने गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीको अनुसन्धानले भने आत्महत्याको घटनामा महिलाका प्रयास बढी देखिन्छ तर संख्यात्मक हिसाबले भने पुरुषले आत्महत्या बढी गरेका छन्। झापामा दिनानुदिन आत्महत्याका घटना बढ्न थालेपछि जिल्लाका दमक, बिर्तामोड, मेचीनगर र भद्रपुर नगरमा न्युनिकरण सम्बन्धी अभियान चलाउन लागिएको प्रहरी उपरीक्षक क्षेत्रेले जानकारी गराए। ‘पहिलो चरणमा आत्माहत्याका घटना बढी हुने क्षेत्रमा यो अभियान चलाईने छ र क्रमैसँग यसलाई जिल्लाभर अभियानको रुपमा लैजाने तयारी जिल्ला प्रहरी कार्यालय झापाले गर्ने तयारी शुरु भएको छ,’ उनले भने, ‘यस्ता घटना न्युनिकरणका लागि प्रहरी स्वयम् चिकित्सक र मनोविज्ञको सहयोग लिएर गाउँ गाउँमा अभियान चलाउने तयारीमा छ।’

झापामा प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीको अध्यक्षतामा मंगलबार बसेको आत्महत्या न्युनिकरण अभियान तयारी बैठकमा अञ्चल प्रहरी कार्यालय मेचीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पिताम्बर अधिकारी, बिभीन्न राजनीतिक पार्टीका प्रमुख तथा प्रतिनिधि, जिल्ला प्रहरी प्रमुख क्षेत्री, सशस्त्र प्रहरी बल सीमा सुरक्षाका प्रमुख, बिभीन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, पत्रकार, उद्योग बाणिज्य संघका प्रतिनिधि, अस्पताल प्रमुख तथा प्रतिनिधि, जनस्वास्थ्य कार्यालयका प्रमुखसहितले आत्महत्याका घटना जिल्लामा भयावह भएको बताएका थिए। उनीहरुका अनुसार यस्तो अभियानले जिल्लामा आत्महत्या गर्नेको भयावह संख्या न्युनिकरण गर्न बल पुग्नेछ। -सेतोपाटि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्