मुक्तक

<span class='c1'>मुक्तक</span> <span class='c2'></span>

-शरद प्रधानाङ्ग
मुक्तक १
चारैतिर उजाड बिचमा ठुलो धरोहर के अर्थ
झुटो आवरण बाहिर पोतिन्छ गोबर के अर्थ
यथार्थ दुरी कल्पना, ब्यूँझेपछि टुट्छ सपना,
सजाएर कलङ्क टीका बनेर जोकर के अर्थ।

मुक्तक २
पराई जुत्तामा हालेर खुट्टा खुकुलो अनि टाईट भन्छन्
असन्तुलित मस्तिष्क परिणाम विनाको फाईट भन्छन्
पोतिएपछि फोहोर अनुहारमा पुछेर के हुन्छ ऐनालाई,
सगरमाथा अगाडि उभिएर पुड्को भयो हाईट भन्छन्।

मुक्तक ३
सम्भावनाका मुनाहरू गर्भभित्र तुहिने कहिले सम्म
चुडिएर कोपिला अल्पआयुमा कुहिने कहिले सम्म
खोक्रिएको जिन्दगी आश्वासन कोसेली रित्तो सधैं,
धेरै भयो टालटुलको नौटङ्की चुहिने कहिले सम्म।

मुक्तक ४
सपना, कल्पना समिप विपना तुलनात्मक फरक हुन्छ
झुटो आश्वासन भित्र ज्ञानको भण्डार तुलो कडक हुन्छ
आफ्नै परिश्रमको परिणाम उत्तम गन्तव्य लागि सधैं,
कहिलेकाँही जितेर पनि हारिन्छ अग्रगामी सबक हुन्छ।

विराटनगर-७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्