-देवेन्द्र शाही 'दर्पण'
कराएँ कहरमा तिमी याद आयौ
दुखेको असरमा तिमी याद आयौ
बहाना अनेकौँ रहेछन् मिलनका
छुटेको सफरमा तिमी याद आयौ
हृदयको कुनाभित्र पत्थर छ तिम्रो
सिसाको यो घरमा तिमी याद आयौ
दिइ नाम गङ्गा तिमीलाई मैले
सुकेको बगरमा तिमी याद आयौ
थिएँ प्रेमको एक अवशेष खोज्दै
पुगेँ खण्डहरमा तिमी याद आयौ
कालिकोट!