गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-नवराज पोखरेल 'नवशिला'
तराईका समथर फाँट र भिर सुन्दर लाग्छन्
विगतका प्रेमिल तिम्रा तस्बिर सुन्दर लाग्छन्।

जिजस,अल्लाह,शिव रव यिनका नाम फरक,
मस्जिद चैत्य चर्च गुम्बा मन्दिर सुन्दर लाग्छन्।

हरदम हरक्षण माताजीको मुहार हेरिरहन्छु,
हेर्दै जाँदा ती अनुहारका पिर सुन्दर लाग्छन्।

पीर अभावमा जिउने बानी भएकोले नै होला,
कहिलेकाहीँ त मुटु घोच्ने तीर सुन्दर लाग्छन्।

यो देश टुक्रा टुक्री हुन्थ्यो ति सव नभाको भा,
त्यही भएर सपुत सहिद वीर सुन्दर लाग्छन्।

स्वतन्त्र भई चल्दो रहेछ चलाउँदा यो जीवन,
त्यही भएर फकीर अनि कबीर सुन्दर लाग्छन्।

बेलबारी - २, नवदेव मार्ग, लालभित्ती, मोरङ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्