धनकुटामा हावाहुरी र चट्याङबाट २ लाख बराबरको क्षति

<span class='c1'>धनकुटामा हावाहुरी र चट्याङबाट</span> <span class='c2'>२ लाख बराबरको क्षति</span>

धनकुटा, चैत्र ६

धनकुटाको पाख्रिबास नगरपालिकामा शनिबार हावाहुरीसंगै आएको चट्याङबाट २ लाख बराबरको क्षति भएको छ।

चट्याङबाट पाख्रिबास नगरपालिका ६ बस्ने जहरमान तामाङको ढुंगामाटो र फुसले छाएको दुई तले घर पुर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय पाख्रिबासले जनाएको छ।

चट्याङ लागेर तामङको घर भित्र रहेको सम्पुर्ण सर-सामान जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको पिडितले बताए ।

चट्याङले लागेर निजको श्रीमती शोभा तामाङ र छ महिनाको नाबालक नबिन तामाङ सामान्य घाईते भएको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्