गणतन्त्रका विरुद्ध प्रश्न उठाउने दुस्साहस भइहरको छ, प्रतिवाद गरौं : अध्यक्ष प्रचण्ड

<span class='c1'>गणतन्त्रका विरुद्ध प्रश्न उठाउने दुस्साहस भइहरको</span> <span class='c2'>छ, प्रतिवाद गरौं : अध्यक्ष प्रचण्ड</span>

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रका विरुद्ध प्रश्न उठाउने दुस्साहस भइरहेको भन्दै आपत्ति जनाएका छन् ।

आज(बिहीबार) काठमाडौंमा गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले गणतन्त्रका विरुद्ध प्रश्न उठाउने दुस्साहस भइरहेको भन्दै त्यसको प्रतिवाद गर्ने प्रतिवद्धता आजको आवश्यकता रहेको बताएका हुन् ।

उनले भने,‘अहिले गणतन्त्रका विरुद्ध प्रश्न उठाउने एकथरी मानिसले निरर्थक दुस्साहस गरेका छन् । त्यसको प्रतिवाद गर्ने प्रतिवद्धता पनि आजको आवश्यकता हो ।’ त्यस्तै उनले गणतन्त्र सबै वर्गको मानिसहरुको योगदानको परिणाम भएको धारणा राखे । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि फेरी एक पटक आ–आफ्‌नो ठाउँबाट एकतावद्ध भएर सबैले पहल गर्न जरुरी रहेको उनको भनाइ छ ।

‘गणतन्त्र तमाम सांस्कृतिक कलाकार, पत्रकार सबैको योगदानको परिणाम हो । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि यसमार्फत समाजवादतिरको यात्रा अगाडि बढाउन फेरी एक पटक आ–आफ्‌नो ठाउँबाट एकतावद्ध भएर पहल गर्न जरुरी छ,’उनले भने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्