भ्रम कि यथार्थ

<span class='c1'>भ्रम कि</span> <span class='c2'>यथार्थ</span>

-गीता अर्याल
देश ,देश जस्तो भएन
भन्नेहरु बढेका छन्
थाहा छैन
देश भनेको कस्तो हुनुपर्ने होला
कसैले परिभाषा गर्दैनन्
बिग्रेका भत्केका मात्र देख्छन्
लेख्छन्
बनाउने सोच र कर्म गर्दैनन्
अरुको मात्र कुरा काटछन
आफू बाहेक सबैलाई अनैतिक देख्छन्
नैतिकता के हो
आफूले कहिले देखाउदैनन।

समाज सभ्य भएको हो कि
बिग्रेको हो
हामी अग्रगामी हुँदैछौ कि
छाडापन संस्थागत गर्दैछौ
प्रश्न कस्लाई सोध्ने
उत्तर आफै दिनु पर्छ
जतासुकै स्वतन्त्रताको कुरा गरिन्छ
नाङ्गो जंगली ब्यबस्थाको
ओकालत गरिन्छ
पहिचान खोज्या हो कि
संस्कृती र संस्कार भत्काएको हो
बुझ्नै गाह्रो छ
जतासुकै विकृति मौलाएको छ
राम्रो गरेको भएको देख्दैन कसैले
नराम्रा बिषयले मात्र
समाचार बन्ने मौका पाउछ
ओहो ! म कहाँ छु
कस्तो देश खोज्दैछु
पहिचान भएको स्वतन्त्रता
कि
पहिचान गुमाएको स्वतन्त्रता
सोच्दैछु
म भ्रममा छु या यथार्थमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्