नेताले मुलुक र जनता हेर्छ, मुर्खले आफ्ना भोटर मात्र हेर्छ : चन्द्र भण्डारी

<span class='c1'>नेताले मुलुक र जनता हेर्छ, मुर्खले आफ्ना</span> <span class='c2'>भोटर मात्र हेर्छ : चन्द्र भण्डारी</span>

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीले मुर्खहरुले आफ्नो भोटर हेरेर काम र कुरा गर्ने बताएका छन् ।

सोमबार संघीय संसद भवन बाहिर संचारकर्मीहरुसँग बोल्दै उनले मुर्खहरुले आफ्नो भोटर हेरेर काम र कुरा गर्ने गरेको बताएका हुन् ।

मुर्खहरुको बाहुलियता भएको ठाँउमा आफ्नो भनाइको कुनै अर्थ नहुने भन्दै उनले रातो किताब ठूला ठूला र करोडौं लगानी भएको योजनाहरु काटेर कार्यकर्ताको अनुहार हेरेर बजेट राखिएको बताए ।

उनले भने, ‘सरकारी पैसालाई आफ्नो पार्टी र भातृ संस्थाको लागि प्रयोग गर्यौं भने दुरुपयोग हुन्छ । एउटा नेताले मुलुक र जनता हेरेर काम गर्छ । मुर्खले आफ्नो भोटर हेरेर काम गर्छ र मुर्खहरुको बाहुलीयता भएको ठाँउमा मेरो भनाइको के अर्थ हुन्छ । रातो किताब आएपछि थाहा हुन्छ । ठूला–ठूला र करोडौं लगानी भएको योजनाहरु काटिएका छन् । कार्यकर्ता हेरेर बजेट राखिएको छ ।’
यस्तै, उनले सदन बन्द गर्ने ठाँउ नभएको भन्दै नारा जुलुस गर्ने ठाँउ बाहिर भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्