उद्योगको बक्यौता उठाउन इमान्दार प्रयास गर्दा पदबाट हटाइयो : कुलमान घिसिङ

<span class='c1'>उद्योगको बक्यौता उठाउन इमान्दार प्रयास गर्दा</span> <span class='c2'>पदबाट हटाइयो : कुलमान घिसिङ</span>

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगको बक्यौता उठाउन इमान्दार प्रयास गर्दा सरकारले आफुलाई पदबाट हटाएको बताएका छन् ।

लामो समयदेखि देशभर व्याप्त विद्युत लोडसेडिङको अन्त्य गर्दै ऊर्जा व्यवस्थापनमा ऐतिहासिक मानक स्थापित गरेको भन्दै नागरिक अभिनन्दन मूल समिति, सर्लाहीले हरिवनमा कार्यक्रम गरी बुधबार घिसिङलाई नागरिक अभिनन्दन गरेको थियो ।

सोहि कार्यक्रममा बोल्दै घिसिङले आफ्‌नो कार्यसम्पादन देश विदेशमा रहेका नेपालीले प्रष्टैसँग देखेको तर सरकारले शून्य नम्बर दिएको, जनतालाई अँध्यारोमा राखेर डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् आपूर्ति लिएका उद्योगको बक्यौता उठाउन इमान्दार प्रयास गर्दा पदबाट हटाइएको बताएका हुन् । अहिले जनताले कुनै राजनीतिक विचारभन्दा पनि प्रभावकारी सेवा प्रवाह, सुशासन, विकास र आर्थिक समृद्धि खोजेको उनले बताए ।

उनले भने ,‘लोडसेडिङको अँध्यारो हटेको छ तर अझै धेरै क्षेत्रमा अँध्यारो छ त्यसलाई हटाएर उज्यालो बनाउनु पर्नेछ, हरेक वर्ष १० हजार मेगावाट विद्युत निर्यात गरी वार्षिक रुपमा करिब ७ खर्ब रुपैयाँ आम्दानी गर्न सकिन्छ, यो देशको कुल ग्राहर्स्थ उत्पादनको २० प्रतिशतको हाराहारीमा हुन्छ, स्वच्छ एवम् हरित ऊर्जाको रुपमा रहेको जलविद्युतको प्रयोग गरी पेट्रोल, डिजेल, खाना पकाउने ग्याँस जस्ता प्रदूषित ऊर्जालाई प्रतिस्थापन गर्न सक्यौं भने हरित पर्यटनका साथै कृषिको विकास गर्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्