अनेरास्ववियु महाधिवेशन : मतदान जारी, १५ सय प्रतिनिधि सहभागी

<span class='c1'>अनेरास्ववियु महाधिवेशन : मतदान जारी,</span> <span class='c2'>१५ सय प्रतिनिधि सहभागी</span>

काठमाडौं । अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको मतदान प्रक्रिया जारी छ ।

कीर्तिपुरमा जारी महाधिवेशनमा अध्यक्षका लागि सुजन कडरिया र प्रकाश पौडेल प्यानलबीच प्रतिस्पर्धा हुँदैछ । अखिल महाधिवेशनमा करिब १५ सय प्रतिनिधि सहभागी भएको पूर्वअध्यक्ष सुनिता बरालले बताइन् ।

उनले भनिन्, ‘निर्वाचन बिहानैबाट सुरु भएको छ । करिब करिब १५ सय ३७ जना प्रतिनिधि सहभागि हुनुहुन्छ । विभिन्न ४० ठाउँमा मतदान हुँदैछ । विद्युतीय माध्यमबाट मतदान हुँदैछ । अहिलेसम्म शान्तिपूर्ण रुपमा स्वच्छ प्रतिस्पर्धाका साथ सबै निर्वाचनमा सहभागी भइरहनु भएको छ ।’

यसैगरी निर्वाचनको भोटिङ प्रक्रिया चार बजेसम्म जारी रहने छ । निर्वाचनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्