मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा निलम्बित

<span class='c1'>मधेश प्रदेशका सांसद सरोज</span> <span class='c2'>सिंह कुशवाहा निलम्बित</span>

जनकपुर । मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा निलम्बित भएका छन् ।

शुक्रबार बसेको मधेश प्रदेशसभाको बैठकमा सभामुख रामचन्द्र मण्डलले अख्तियार दुरुपयोग अनुसन्धानको निलम्बन सम्बन्धी पत्र पढेर सुनाएपछि उनको पद निलम्बनमा परेको हो ।

विभिन्न उपभोक्ता समिति गठन गरी उपभोक्ता समितिको रकम नीजि सचिव विनोदलाल कायस्थको खातामा जम्मा गरी घुसबापतको उक्त रकम सिंहले आफ्नो खातामा जम्मा गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । सिंह बिहीबार काठमाडौंको अनामनगरबाट पक्राउ परेका थिए ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट सिंह महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४(२) बाट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्