बंगलादेशमा ४० मेगावाट बिजुली पठाउने मिति नजिक : कस्तो छ प्राधिकरणको तयारी ?

<span class='c1'>बंगलादेशमा ४० मेगावाट बिजुली पठाउने मिति नजिक</span> <span class='c2'>: कस्तो छ प्राधिकरणको तयारी ?</span>

काठमाडौं । भारतको बाटो हुँदै बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्न नेपाल, भारत र बंगलादेश बिच भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले भोली (जुन १५अ र्थात असार १ गते) देखि बंगलादेशमा बिजुली पठाउनु पर्नेछ ।

गत वर्ष असोज १७ मा तीनओटै देशका उच्च पदस्थ अधिकारीहरुको उपस्थितिमा भएको सम्झौता पश्चात नेपालले १२ घण्टाका लागि मात्रै बंगलादेशमा बिजुली बेचेको थियो । तर, यसवर्ष तोकिएकै समयमा बंगलादेशमा बिजुली पठाउने तयारीबारे नेपाल विद्युत प्राधिकरणले हालसम्म औपचारिक जानकारी गराएको छैन् ।

यद्यपी, नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालले भने सम्झौतामा तोकिएको मितिमै बिजुली निर्यात गर्नेगरी अन्तिम तयारी भइसकेको जानकारी दिएका छन् । ‘करिब दुईसाता अघिनै बंगलादेशले नेपालबाट बिजुली लैजानका लागि प्रतित पत्र (एलसी) खोलिसकेको छ । त्यसकारण असार १ मै बंगालदेशमा बिजुली बेच्नेगरी काम भइसकेको हो,’ उनले भने । सम्झौता अनुसार नेपालले आगामी पाँच वर्षसम्म हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशमा बिजुली पठाउनुपर्नेछ ।

गतवर्ष नेपाल र भारतबीचको पहिलो ४०० केभी अन्तरदेशीय प्रसारण लाइन ढल्केवर–मुजफ्फरपुर हुँदै नेपालको बिजुली बंगलादेश पुगेको थियो ।
यसवर्ष पनि सोहि प्रसारण लाइन हुँदै नेपालको बिजुली बंगलादेश पुग्नेछ । त्यसका लागि विद्युतको मिटर मुजफ्फरपुरमा रहेको छ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बेहरामपुर (भारत)–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बिजुली बंगलादेश पुगेको थियो ।

प्राधिकरणले भारतीय अनुदानमा निर्माण भई आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र आफ्नै सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्ने सहमती भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्