संसदमा रास्वपाको वेल घेराउ, राप्रपाले गर्याे बैठक बहिष्कार

<span class='c1'>संसदमा रास्वपाको वेल घेराउ,</span> <span class='c2'>राप्रपाले गर्याे बैठक बहिष्कार</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आज पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेका छन् ।

सोमबार सभामुख देवराज घिमिरेले बैठक सुरु गरेलगत्तै रास्वपा र राप्रपाका सांसदहरू आ–आफ्नो ठाउँबाट उठेर विरोध गरेका हुन् ।

यद्यपी, सभामुखले प्रतिपक्षी दल रास्वपा र राप्रपाको बहिष्कारबीच प्रतिनिधिसभा बैठक अगाडि बढाएका छन् । संसद् अगाडि बढेपछि राप्रपाका सांसदहरू बैठक बहिष्कार गरेर बाहिरिएका छन्। यसैबीच भिजिट भिसा प्रकरणको छानबिनका लागि समिति गठन गर्नुपर्ने र गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै आएको अर्को प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले वेल घेराउ गरेर नाराबाजी गरिरहेका छन् ।

सभामुख घिमिरेले भने सत्ता पक्षका सांसदहरूलाई बजेटमाथिको छलफलमा भाग लिन समय दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्