नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ : सांसद कार्की

<span class='c1'>नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा</span> <span class='c2'>दिनुपर्छ : सांसद कार्की</span>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले भिजिट भिसाका नाममा भइरहेको मानव बेचबिखन र अनियमितताबारे गम्भीर आरोप लगाउँदै गृहमन्त्रीको राजीनामाको माग गरेकी छन् ।

शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले लामो समयदेखि राप्रपाले जनताको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्दै उनले विशेषगरी भिजिट भिसाको दुरुपयोग गरी विदेश पठाइएका नेपालीहरू, बेचिएका चेलिबेटीहरू र जीवन जोखिममा पारिएको भन्दै राजीनामा माग गरेकी हुन् ।

‘आज हामी धेरै लामो समयदेखि आन्दोलनरत छौंं’, सांसद कार्कीले भनिन्, ‘हामीले आवाज उठाएका छौं । नेपाली जनताको लागि, विदेशमा गएर बेचिएका चेलीहरुका लागि, रसिया गएर मारिएका र काल कुरेर बसेका नेपालीहरुका लागि । यि सबै काम भिजिट भिसाको कमालले हो ।’
उनले भिजिट भिसा प्रकरणमा छानविन र उच्चस्तरीय छानविन हुनुपर्ने बताइन् ।

सांसद कार्कीले भिजिट भिसा सम्बन्धी प्रकरणमा गृहमन्त्रीको नाम जोडिएको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्