राजनीतिका बारेमा गलत भाष्य निर्माण गरियो ः सांसद सापकोटा

<span class='c1'>राजनीतिका बारेमा गलत भाष्य निर्माण</span> <span class='c2'>गरियो ः सांसद सापकोटा</span>

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले राजनीतिका बारेमा गलत प्रकारको भाष्य निर्माण हुँदै गएको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एपी वान टिभीको ‘सदगमय कार्यक्रम’ को समापन समारोहमा उनले राजनीतिका बारेमा धेरै गलत प्रकारको भाष्य निर्माण भएको भन्दै समाजमा राजनीति गर्छु भनेर भन्न आँट नआउने बताए ।

राजनीतिमा नै रहेका सक्रिय राजनीतिज्ञहरुको व्यवहार र कार्यशैलीका कारण यो अवस्था आएको भन्दै यसलाई सफा गर्ने काम पनि राजनीतिज्ञको नै भएको उनको भनाई छ ।
उनले भने, ‘समाजमा राजनीति गर्छु भनेर भन्न पनि बढो विचार गरेर, सोचेर तौलिएर, बोल्नुपर्ने अवस्था छ । यो कुरा मैंले नढाँटी भनेको हुँ । किनभने के गर्छस् भनेर कसैले सोध्यो भने राजनीति गर्छु भनेर भन्नको लागि भित्रैदेखि दम आउदैँन् । किनकी राजनीतिका बारेमा धेरै गलत प्रकारको भाष्य निर्माण भएको छ । त्यो अरु कसैका कारणबाट नभएर राजनीतिमा नै रहेकाहरुलका कारण हो । हामी सबैको व्यवहार, कार्यशैलीका कारण यो अवस्था आएको छ । यसलाई सफा गर्ने काम पनि हाम्रो नै हो ।’

यस्तै, उनले राजनीतिज्ञहरुको बारेमा समाजमा भएको नकारात्मक दृष्टिकोण, धारणा र भाष्य चिर्नको लागि यस्तो अभियानले एउटा महत्वपूर्ण योगदान गर्ने बताए ।

सोही कार्यक्रममा लामो समयदेखि टेलिभिजन पत्रकारितामा रहेका टीकाराम यात्रीले ‘सदगमय कार्यक्रम’ लाई एउटा सुन्दर सुरुवातको रुपमा लिएको भन्दै सफलताको शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्