सरकारले निजी क्षेत्रका उर्जा उद्योगलाई आतंकित बनाउँदै छ : सभापति सिंह

<span class='c1'>सरकारले निजी क्षेत्रका उर्जा उद्योगलाई आतंकित</span> <span class='c2'>बनाउँदै छ : सभापति सिंह</span>

काठमाडौं । पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहले एउटा आशाको किरणका रुपमा देखिएको निजी क्षेत्रका उर्जा उद्योगलाई सरकारल ‘टेक एण्ड पे–पीपीए’को व्यवस्थाले आतंका सृजना गरिराखेको बताएका छन् ।

सोमबार नेपाल पूर्वाधार पत्रकार समाजले आयोजना गरेको बजेटमा टेक एण्ड पे पीपीएको व्यवस्था र जलविद्युतमा पार्ने प्रभावका बारेमा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भर्खरै बामे सर्दै गरेको हाइड्रोपावर व्यवसायहरुलाई तहसनहस गर्न नमिल्ले धारणा राखे । उनले भने,‘अहिले एउटा आशाको किरणका रुपमा निजी क्षेत्रबाट संचालित विद्युत उत्पादक कम्पनीहरु छन् । यही बेला ‘टेक एण्ड पे’हरुलाई राज्यले आतंक सृजना गरिराखेको छ । त्यो दुर्भाग्य हो । चाहे जानेर होस् या नजानेर होस् यो गर्न हुन्न । भर्खरै बामे सर्दै गरेको हाइड्रोपावर व्यवसायहरुलाई नेपाली जनताको ६० लाख बढिको सेयर होल्डरहरुलाई तहसनहस गर्न मिल्दैन् ।’

त्यस्तै उनले यसविषयमा समितिको तर्फबाट न्यायोचित निर्णय गर्ने र चाँडो भन्दा चाँडो जलविद्युत विधेयक पनि पास गर्ने प्रतिबद्धता जनाए । सभापति सिंहले २०८२–८३ को बजेट पक्षेपातपूर्ण रुपले आएको भन्दै आपत्ति जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्