आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

<span class='c1'>आज चार संसदीय समितिको बैठक</span> <span class='c2'>बस्दै, यस्ता छन् कार्यसूची</span>

काठमाडौं । सङ्घीय सांसदअन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति ,विधायन व्यवस्थापन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, संसदीय सुनुवाइ समिति (संयुक्त), को बैठक बस्न लागेको हो ।
बिहान ९ बजेका लागि बोलाइएको विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । बिहान ११ ः ३० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची छ ।

बिहान ११ः३० बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आ.व.२०८२÷०८३ को बजेट वक्तव्यमा उल्लेखित कालिगण्डकी तिनाउ नदी पथान्तरण आयोजनाको अवस्था सम्बन्धमा छलफल हुनेछ । बिहान ११ बजे बस्ने संसदीय सुनुवाइ समिति (संयुक्त) को उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्