परराष्ट्रमन्त्री डा. राणा इटाली प्रस्थान

<span class='c1'>परराष्ट्रमन्त्री डा. राणा</span> <span class='c2'>इटाली प्रस्थान</span>

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा इटालीको रोममा यही जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुने खाद्य तथा कृषि संगठन (एफएओ) कन्फ्रेन्सको ४४ औँ सत्रमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेकी छन् ।

सो कन्फ्रेन्सको प्रमुख सत्र र यसका दौरानमा आयोजना हुने अन्य उच्चस्तरीय कार्यक्रमहरूलाई उनले सम्बोधन गर्ने छिन्।

उनले नेतृत्व गरेकोे नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि नेपाली स्थायी प्रतिनिधि एवं परराष्ट्र र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अधिकारीहरु सहभागी छन् ।

उक्त सम्मेलनपश्चात परराष्ट्रमन्त्री डा राणा इटालीको मिलान तथा जर्मनीको ह्याम्बर्ग र बर्लिनमा लगानी बोर्ड नेपालद्वारा आयोजित कार्यक्रमहरूमा सहभागी हुने छिन् ।

उनलाई आज(शुक्रबार)बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईसहित उच्च अधिकारीहरूले विदाई गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्