युवाहरुमा धेरै नकारात्मक सोचको विकास भयो :मन्त्री चौधरी

<span class='c1'>युवाहरुमा धेरै नकारात्मक सोचको</span> <span class='c2'>विकास भयो :मन्त्री चौधरी</span>

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा उद्यमीहरुले धैर्यताका साथ काम गरे सफल हुने बताएका छन् ।

आज(शुक्रबार) राष्ट्रिय युवा उद्यमी सञ्जाल द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवामा नकारात्मक सोच धेरै आएको भन्दै सकारात्मक सोच राखेर अगाडि बढ्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘सकारात्मक सोच्नुस् जसको दिमागमा नकारात्मकता हुन्छ । उसले केही गर्न सक्दैन लेख्नुस्, दोस्रो कुरा जे कुरा गर्नुहुन्छ धैर्यता राख्नुस्, एकदिन सफलता प्राप्त हुन्छ । एकदिन तपाई अगाडि बढ्नुहुन्छ त्यो काममा लगनशीलता हुनुपर्यो । हामी कुन ठाउँमा चुक्यौ विचार गर्नुस् ।’

उनले आफूले पनि उद्यमी गरिरहेको भन्दै लगनशीलतालाई जारी दिनुपर्ने बताए । यस्तै, नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले देशप्रति प्रधानमन्त्रीको मात्र अधिकार नभई आम नागरिकको पनि उतिकै अधिकार रहेको बताए ।

उनले युवाहरु गुनासो गर्नमा भन्दा उद्यमशीलतामा आफै पहल कदमी गर्नुपर्ने धारण राखे । ‘देश बनाउने ठेक्का सरकारको मात्र हुँदैन । देश बनाउने ठेक्का सिमित नेताको मात्र हुँदैन । देश आम नागरिकको हुन्छ । यो देशप्रति जति प्रधानमन्त्रीको अधिकार छ त्यती नै आम नागरिकको पनि त्यही हो । हामी युवाहरु गुनासो गरेर चुप लागी बस्नुभन्दा आफै पहल कदमी लिनुपर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्