मोरङ, चैत्र १३ गते।
मोरङको पथरी-शनिश्चरे नगरपालिका १० स्थित जिरीखीम्ती पुलमा अज्ञात सवारीको ठक्करबाट एक जनाको ज्यान गएको छ।
मृत्यु हुनेमा तत्काल नामथर खुल्न नसकेको अन्दाजी ६० बर्षिय पुरुष रहेका छन्।
घाईतेलाई उपचारकालागी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।
प्रहरीले डब्लु बि ७४ ए के ३७५१ नम्बरको जिपलाई दमक प्रहरीको नियन्त्रणमा लिई अनुसन्धान थालेको छ।
यता मोरङको उर्लाबारी नगरपालिका ८ मा जिप र मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुई जना घाईते भएका छन्।
उर्लाबारीबाट राजघाट जाँदै गरेको को.१ च ७८९८ नम्बरको जिप र बिपरित दिसाबाट आउँदै गरेको को.१ त ४१७६ नम्बरको ट्याक्टर एक आपसमा ठक्कर खाएको थियो।
ठक्करबाट जिपका चालक राजघाट १ बस्ने ईन्द्र बहादुर खड्का र ट्याक्टर चालक मधुमल्ला १ बस्ने सुमन कुमार नेपाली रहेका छन्।
घाईतेहरुलाई उपचारकालागी गोदावारी हस्पिटल उर्लाबारी पठाईएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।