धान उत्पादन राम्रो छ, तर तथ्यांकलाई गलत व्याख्या गरेर भ्रममा पारियो : गगन थापा

<span class='c1'>धान उत्पादन राम्रो छ, तर तथ्यांकलाई गलत</span> <span class='c2'>व्याख्या गरेर भ्रममा पारियो : गगन थापा</span>

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा धान उत्पादनबारे फैलिएको गलत धारणा सच्याउनुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय धान दिवस २०८२ को अवसरमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका चुनीखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालले अतितमा धान निर्यात गर्ने राष्ट्रको रुपमा चिनिए पनि अहिलेको वास्तविकता त्यस्तो नरहेको बताएका हुन् ।

‘नेपालले कुनैबेला अत्यधिक मात्रामा धान उत्पादन गथ्र्यों र निर्यात पनि हुन्थ्यो,’थापाले भने,‘तर अहिले ‘नेपालमा धान उत्पादन घटेको छ’भन्ने धारणा गलत तथ्यांकका आधारमा बनाइएको हो । नेपालले धान आयात गरिरहेको भएपनि उत्पादन राम्रो नै भइरहेको छ ।’
साथै उनले देशभर रहेका बाँझो खेतको उपयोग गर्नुपर्ने आवश्यकता औंल्याए । उनले भने, ‘खेतीयोग्य जमिन उपयोगमा ल्याउन सक्यौं भने धान उत्पादन अझै बढाउन सकिन्छ । तर सिँचाइ आयोजनाहरु समयमै सम्पन्न हुन नसक्दा समस्या देखिएको छ ।

उनले सिँचाइ आयोजनाको प्रभावकारितामाथि पनि प्रश्न उठाउँदै भने, ‘केही वर्षअघिसम्म सम्पन्न भइसक्नुपर्ने ठूला सिँचाइ आयोजना अझै अपूरा छन्, सिँचाइ छिटो पुरा गर्न सके धान उत्पादनमा ठुलो फड्को मार्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्