झापा, चैत्र १३ गते । झापाको मेचीनगर नगरपालिका-६ बाट प्रहरीले आइतबार लागुऔषध खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-२ बाहुनडाँगी बस्ने ३२ बर्षिय जिवन रिजाल रहेका छन् ।
रिजाललाई लागुऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले दिउँसो २ बजे तिर पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले ७ सय मिलि ग्राम खैरो हिरोइन बरामद गरेको छ। पक्राउ परेका रिजाललाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।